दिपक साह –
रौतहट / आज ३ दिन भैसक्यो अनशनमा बसेको सन्जय सहनी ज्यूको तर राज नेता नेपाल सरकार गृहमन्त्रालयसङ्ग कुनै किसिमको सुनुवाइ भैरहेको छैन। उहा सन्जय सहनी ज्यूको स्वास्थ्य बिगि्रएको रहेछ। उहको शरीरमा झिनझिनाहट,कमजोरी,टाउको दुखाई जस्तो समस्याहरु देखा परेको छ।

उहाले उठाउनु भएको आवाजमा ईशनाथ नगरपालिकाको पुर्व नगर प्रमुख सन्तोष कु.मेहता ज्यूले उहाले सहमति जनाउनु भएको छ। सन्जय सहनीले गर्नु भएको आमरण अनशन योग्री रहेकोछ।यो पुल निर्माण कार्य लगभग ९ बर्ष देखि हुदैछ तर अहिले सम्म पुलको निर्माणको काम सकेको छैन। हामी ईशनाथ नगरबसीलाई भोग्नु परेको दुख पीडा हामी कसरी बुझाउने जति भने पनि कम नै हुनेछ पुर्व नगर प्रमुख सन्तोष मेहताले बताउनु भएको छ।

वर्षा याममा सदरमुकाम गौरमा कुनै काम काजले अर्थात बिरामी लिएर जानको लागि फतुहा पुल हुदै २० km टाढा जानु पर्छ घन्टौ घन्टा समय लागछ। तबसम्म बिरामीको हालत बेहाल हुन्छ। म नगर प्रमुख हुदा धेरै चोटि स्थानीय सरकार, प्रदेश सरकार तथा मन्त्रालय सम्म निवेदन दिई पैरवी गरेका थिए तर कुनै सुनुवाइ भएन पुर्व नगर प्रमुख मेहताले बताएका छन।

 

अहिले उहाको स्वास्थ्य समस्या देखा परेको छ उहा अस्वस्थ हुनु हुन्छ। हामी पत्रकार सन्जय सहनीले गरेको आमरण अनशन लालबकैया पुल निर्माणका लागि सधै उहाको साथमा छु यदि मन्त्रालयबाट कुनै किसिमको ठोस निर्णय आएन भन्ने हामी गौरमा चक्का जाम गर्नेछु पुर्व मेयर मेहताले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0