काठण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागकाे इन्टरनेट नचल्दा नेपालबाट बाहिर जाने र आउने यात्रुहरू समस्यामा परेका छन् ।

अध्यागमनको सेवा बन्द हुँदा अन्तर्राष्ट्रियतर्फका उडान राेकिएपछि यात्रुहरू समस्यामा परेका हुन् । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेले इन्टरनेटमा समस्या आउँदा काम रोकिएको र सेवा सुरु गर्ने प्रयास भइरहेको बताउनुभयो ।

यसअघि पनि अध्यागमन विभागको सर्भरमा समस्या देखिँदा अन्तर्राष्ट्रियतर्फका उडान रोकिएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0