रौतहट / फाल्गुन १५ गते
रौतहटको मध्य भाग गरुडामा होली मिलन कार्यक्रम गरिएको छ । रौतहट सुनचाँदी व्यवसायी संघको होली मिलन कार्यक्रम गरिएको हो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा गरुडाका नगरप्रमुख कन्थमनी जयसवाल रह्नु भएको थियो । भने कार्यक्रमको अध्यक्षता संघका जिल्ला अध्यक्ष अरुन कुमार सोनीले गर्नु भएको थियो । होलीको पावन अवसरमा होली मिलन कार्यक्रम गरिएको हो ।
सदभाव सहितको होली पर्व मनाउँ भन्ने मूल मर्मका साथ होली मिलन कार्यक्रमको आयोजना गरिएको रौतहट सुनचाँदी व्यवसायी संघका अध्यक्ष सोनीले बताउनुभयो । होलीको पर्वमा रमाईलो गरि मनाउने सन्देश दिदै उहाँले भन्नुभयो ।
होली रमेर खेल्नु सराहानिय कार्य रहेको उहाँले जानकारी गराउनु भयो । तराईमा आउँदो फागुन २३ गते खेलिने होलीका अवसरमा संघले सो होली मिलन कार्यक्रम गरेको छ । सो अवसरमा सुनचाँदी व्यवसायी संघ मधेश प्रदेश अध्यक्ष रामजी साह, गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र साह लगायत सुनचाँदी व्यवसायमा आबद्ध व्यापारीहरुको सहभागिता रहेको थियो।