चैत १० गते
रौतहटको दक्षिणी भेगस्थित राजपुर नगरपालिकामा विहीबार एकैपटक पाँच योजना शिलान्यास गरिएको छ।     एकैपटक दमार चोकदेखि सड़क कालोपत्रेलगायत अन्य तीन सडक कालोपत्रे, पानीट्यांकी, हाटबजार व्यवस्थापन, राजपुर नगरपालिका वडा नम्बर १ भगवानपुरको पोखरी सोन्दर्यीकरण शिलान्यास गरिएको हो। । शहरी विकास मन्त्रालयका सुरेश आचार्यले तीनवटै योजना शिलान्यास गरेका हुन् ।

सडक कालोपत्र र पोखरी सोन्दर्यीकरण १८ महिनामा सम्पन्न हुनेछ। १८ करोड रुपैयाँको लागतमा पांचवटे योजना निर्माण सम्पन्न हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए ।

कार्यक्रमको अध्यक्षता राजपुर नगरपालिकाका प्रमुख डा. राजिक आलमले गरेका थिए । कार्यक्रममा यस्तै विवाह मण्डप भवन र चिल्ड्रेन पार्कका लागि पनि प्रक्रिया अगाडि बढाएको जानकारी गराइएको थियो। कार्यक्रममा सांसद किरण साहले आफनो क्षेत्रको विकासका लागि संकल्पका साथ सक्रिय भइरहेको बताए । साहले गुणस्तरीयकाम गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

नगर प्रमुख डा. आलमले ७० करोड रुपैयाँ भन्दा बढीको विकास निर्माणको काम भइरहेको बताए । राजपुर नगरपालिकालाइ देशमै नमूना पालिकाका रुपमा स्थापित गर्न चाहन्छु आलमले भने, विकास निर्माणको काममा सबैको सहयोग अपेक्षा गर्दछु । सो कार्यक्रममा सांसद साह उपमेयर जमिला असगरी, सासद प्रत्यासी डा. फिरदोस आलम, नेपाल पत्रकार महासंघ रौतहटका सभापति प्रेमचन्द्र झा, वडा अध्यक्षहरू, वडा सदस्यहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0