चैत २७ गते
दिपक साह
रौतहटको माधवनारायण नगरपालिका वडा न.-४ विशुनपुर्वा मानपुरमा भएको भीषण आगलागीको घटना अति नै दुखद भएको बन्दै नगरप्रमुख बैजनाथ यादवले आफूलाई घटनाको विषयमा जानकारी हुने बितिकै चन्द्रपुर र गौरका नगर प्रमुख ज्यू सङ्ग आग्रह गरि वारुण यन्त्र मगाउनु भएको थियो ।

जिल्लाका CDO र SP लाई समेत मेयरले घटना बारे जानकारी गराइ तुरुन्त उदारकर्मीलाइ पठाउन लगाएका थिए । मेयर यादव घटनाको बारेमा थाहा पाउने बितिकै नगरपालिकाको विषेश कामले काठमाडौमा बसिरहदा पनि सबै कामलाई स्थगित गरि घर फर्किन लागे भोलि बिहान ५ बजे सम्म आइपुग्नेछु समेत जानकारी दिएका छ्न ।

हिजो लागेको भीषण आगलागीका कारण २५ भन्दा बढी घर जलेर नष्ट भएको थियो । आगलागीमा परेर कयौ पशु,बाख्रा लगायत लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ ।

आज बिहान घर फर्कनु बितिकै घटनास्थलमा पुगी मेयर यादव पीडित परिवार सङ भेटेर घटना बारे जानकारी लिएका छन । साथै पिडित हरेक परिवारलाई राहत स्वरुप ग्यास सिलिन्डर, ग्यास चुल्हा , त्रीपाल, ब्लान्केट, भाडा वर्तन, साडी सेट, सर्ट पैन्टको कपडा , धोती कुर्ता, गमछा, गन्जी, जाजिम , मच्छर जाली साथै खाद्यान्न सामग्री चामल,दाल, नुन, तेल, आलु, प्याज, लगायतका सामग्रीहरु वितरण गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0