वीरगंज/ वीरगंज महानगरपालिका वडा नं. १ मा जनप्रतिनिधि निर्वाचित भएको ११ महिना बितिसक्दा पनि विकासको कुनै कार्य नभएको स्थानीयले गुनासो गरेका छन् ।
११ महिना बितिसक्दा वडामा विजुलीको पोल , सडक निर्माण तथा पूर्वाधार निर्माणको काम नभएको भन्दै स्थानीयहरुले शनिबार आक्रोश पोखेका छन् ।
शनिबार वडामा आयोजित सार्वजनिक सुनवाइमा वडा कार्यालयमा वडा अध्यक्ष आउने नगरेकोमा जसले दैनिक सिफारिस पनि नभएको गुनासो सेवाग्राही स्थानीयले गरेका छन् । सार्वजनिक सुनवाइमा स्थानीय वडा वासीहरुले वडा अध्यक्षको राजिनामा समेत माग गरेका थिए ।
वडा सदस्य दिपेन्द्र राउतले वडा अध्यक्ष मनोज राउत कुर्मी एकलौटी रुपमा वडामा गर्ने प्रयास गरेको र ६ महिनादेखि वाडा समितिको बैठक नबसाएको आरोप लगाए ।
वडा समितिको बैठक नगरी निर्णय वेगर वडा अध्यक्ष कुर्मीले विबिध खर्चमा राखिएको पैसा चलाएको वडा सदस्य राउत ले बताए ।
सार्वजनिक सुनवाइमा वडा अध्यक्ष मनोज गुप्ताले आफु सरकारी सुविधा लिने नगरेको र आफ्नो व्यक्तिगत काम पनि रहेकोले आफु दुई बजे पछि मात्र वडा समितिमा बस्ने स्पष्टीकरण दिएका छन् ।
शनिबार विहान लक्ष्मी नारायण मन्दिरको परिसरमा सार्वजनिक सुनवाई गरिएको थियो।