रौतहट । शनिबार दिउँसो रौतहटको गढीमाई नगरपालिका वार्ड नं ८ धोबिनियामा जग्गा विवादमा झडप गोली लागेर एकजनाको मृत्यु भएको विषयमा रौतहट प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।

शनिबार दिउँसो सडक बनाउने क्रममा विवाद बढेपछि दुई समूहबीच झडप हुँदा एक पक्षको तर्फबाट गोली चलेको छ । गोली लागि स्थानीय राजकुमार राय यादवको ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बाटो विस्तारको क्रममा जग्गामा विवाद हुँदा एकपक्षबाट गोली चलेपछि गोली लागेर घाइते भएका रायको उपचारको लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गढीमाई नगरपालिकाका नगरप्रमुख श्याम प्रसाद यादका अनुसार रायको टाउकोमा गोली लागेको थियो ।

हाल उनको शव पोष्टमार्टमको लागि वीरगन्ज राखिएको छ । सो वार्डको वडाध्यक्ष रामाज्ञा राय यादवका अनुसार गोलीको छर्रा लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरन्जन यादव घाइते भएको छन् ।

उनीहरुको गरुडाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । वडाध्यक्ष यादवका अनुसार सडक बनाउने क्रममा ऐलानी जग्गा भएको स्थानमा ४–५ दिनदेखि दुईपक्ष बीचमा विवाद गोली १२ बोरको दुइ नाले बन्दुकबाट चलेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक बिर बहादुर बुढा मगरका अनुसार पिडितहरुको निवेदनको आधारमा अहिले १६ जना पक्राउ गरिएको र एकजना फरार रहेकोमा खोजी कार्य तिब्र पारिएको छ । उनले पक्राउ परेकाहरुलाई म्याद थप गरि थप अनुसन्धान गरेपछि घटना बारे थप रहस्यहरु खुल्दै जाने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0