बैशाख १५ गते
राैतहटकाे गाैर नगरपालिकामा रहेकाे वारुणयन्त्र (फायर बिग्रेड) पनि मंगलवार राती दुर्घटनाग्रस्त भएको छ । गौर नपाको ना.१ ग. ७८८ नम्वरको बारुण यन्त्र गढवामा दुर्घटना हुँदा चालक करिम सहित पाँच जना घाईते भएका थिए।
दुर्घटनाग्रस्त वारुणयन्त्र घाइतेहरुकाे उचित उपचारपछि सबैकाे स्वास्थ्य अवस्था सामान्य छन् । एउटै बाटाेकाे लागि कराेडाै खर्चिने पालिकाहरु एउटा वारुणयन्त्र खरिद गर्न नसकेकाे निकै दुखद हाे ।
१८ वटा पालिकामा चपुर मा एउटा वारुणयन्त्र भएपनि अन्य पालिका वारुणयन्त्र बिहिन बनेकाे छ । केही पालिकाले वारुणयन्त्र खरिद गर्ने प्रतिबद्धता गरेपनि हालसम्म कुनै प्रक्रिया अघि सर्न सकेकाे छैन ।
जिल्ला समन्वय समितिका प्रमुख रामअयोध्या राय यादवका अनुसार सबै पालिका आफ्नै बजेट र समस्यामा भएपनि ठुलाे चुनौती भनेकाे वारुणयन्त्र हाे । यदाकदापी केही आगजनी भए ठुलाे छती हुने सम्भावना छ। ठुलाे दुर्घटनाबाट जोगिने सबै पालिका वारुणयन्त्र बिषयप्रति गम्भीर हुनुपर्ने जिसस प्रमुख यादवले बताउनुभयो ।
जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गरे पनि प्रक्रिया भने सुस्तनै देखिएको छ । सुख्खा मौसममा आगलागीको घटना वृद्धि भएसँगै समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको थियो।
आगलागी हुँदा सर्वसाधारणकाे भुमि अहम हुन्छ तर यहाँ आगो नियन्त्रण गर्न तम्सिनु भन्दा मोबाइलमा भिडियो बनाउने र रमिता हेरेर बस्ने गरेको कारण धनजनको बढी क्षति हुने गरेको हाे ।
चालु आर्थिक वर्षमा (साउनदेखि चैतसम्म) विपतबाट आठ करोड ४६ लाख रुपियाँ बराबरको क्षति भएको उल्लेख छ । जिल्लाका सबै सुरक्षाकर्मी र पालिका वारुणयन्त्र बिषयप्रति गम्भीर नहुँदा ठुलो जानमानकाे समेत छती हुन सक्ने आशंका छ । स्थानीय सरकार मात्र नभएर यसबिषयमा प्रदेश सरकारले समेत चासाे राख्नुपर्ने छ।