रौतहट, ३० वैशाख । नेपाली काँग्रेस मधेश प्रदेश सभापति एवं संसदीय दलका नेता कृष्णप्रसाद यादवले सत्ता साझेदार दल मध्येका जसपाद्धारा कमिटमेन्ट गरे अनुसार प्रदेशमा सरकार निर्माणको प्रक्रियामा इमान्दार नदेखिएको बताए ।
रौतहटको गरुडामा शनिवार नेपाल ट्रेड युनियन काँग्रेसको सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मधेश प्रदेश सभापति यादवले जसपा अध्यक्ष उपेन्द्र यादवलाई सत्ता समिकरणको आधारमा निर्वाचनमा विजयी गराए तर उनले गरेको कमिटमेन्ट अनुसार कार्यहरु अघि नबढेको जिकिर गरे ।
सत्तारुद्ध गठबन्धनमा सहमती अनुसार जसपा अध्यक्ष उपेन्द्रजीले कमिटमेन्ट गरेर तपाईहरु जे जस्ता निर्णय गरेमा स्वीकार्य हुने तर चुनाव जितेपछि अहिले बोलि फेरिएको छ । निर्वाचन पछि प्रदेशमा सत्ता साझेदार दलको बैठक बसेपनि कुरा प्रवेश गरे तर जिम्मेवार दलका नेताहरु उठेर हिडे, यस्ता परिपाटीबाट कसरी प्रतिबद्धताहरु पुरा हुने उनले प्रश्न चिन्ह खडा गरे ।
सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली काँग्रेस रहेको छ, मधेश प्रदेशको नेतृत्वका लागि काँग्रेसको दाबी रहेको बताउदै मधेश प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले केन्द्रीय गठबन्धनले जे निर्णय गर्दा सहर्ष स्वीकार्य हुने बताए ।
गठबन्धनको सम्बन्धमा आईतवार विहान ८ बजे बर्तमान प्रधानमन्त्री संग भेट्ने कार्यक्रम छ, पाँचै नेताहरु संग कुरा गर्ने र्छौं केन्द्रीय गठबन्धनले मधेश प्रदेशलाई अनिर्णयको बन्दी बनाएर राख्ने पाउने छैन, तिन महिना भईसक्यो गठबन्धन भएको सबै प्रदेशमा सरकार पनि गठन भइसक्यो तर मधेश प्रदेश लथालिंग अवस्थामा रहेको बताए ।
बजेट बनाउने, नीति कार्यक्रम बनाउने समय आइसक्यो तर यस्ता अवस्थामा कसरी गठबन्धन अघि बढ्ने छ उनले प्रश्न गरे । मलाई विश्वास छ २÷३ भित्र एउटा मोडेलको सरकार निर्णय हुनेछ चाहे जस्तो सुकै मोडेल होस हामीलाई स्वीकार्य हुने उनले बताए ।
प्रदेश अध्यक्ष यादवले आउदो साता भित्र मधेश प्रदेशले सरकारको पूर्णता पाउने विश्वास व्यक्त गरे । नेपाली काँग्रेस अवको समयमा सिट वा कुर्सीको लागि लड्ने छैन, जनताको लागि, कुर्सीको लागि लड्ने छैन, आमूल परिर्वतन र जनताको विकासको लागि लड्ने छ तर सानो तिनो कुरामा लड्ने छैन उनले स्पष्ट पारे ।
्अवको मुख्य प्राथमिकता चार विषयमा टेकर अघि बढ्ने छ । पहिलो हराभरा कृषि क्षेत्रलाई विकसित गर्ने, शिक्षा, स्वास्थ्य र चौथो सुशासन एवं भ्रष्टाचारलाई कडाईका साथ निर्मुल पार्न मुख्य अभियानमा अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
मजदुरहरुको हकहितलाई संरक्षण हेतु पूर्व स्वर्गीय प्रधानमन्त्री गिरीजा प्रसाद कोइरालाको अथक प्रयास र मेहनेतबाट ट्रेड युनियनको स्थापना भएको चर्चा गर्दै उनले नेपाली काँग्रेस भनेको यथार्थतामा आधारित समाजबाद हो, हामी समाजवादलाई अवलोकन गर्ने पार्टीका कार्यकर्ता हौं, समाजवादलाई हामी बुझ्यो भने कुनै देशबाट अयातित सिद्धान्त होइन, यही देशमा विर महान आत्माहरुले बनाएको सिद्धान्त हुनु जसलाई नेपाली काँग्रेसले अवलम्बन गरेर अघि बढेका छौं । इतिहासलाई साक्षी राख्दै्र देशमा भएको आमूल परिवर्तनबाट आज हामी तपाईहरु समक्ष उपस्थित भएका छौं, परिवर्तन भएको दुई नयाँ पुस्ताहरु अघि आइसकेको छ ।
अबको विषय प्रजातन्त्रलाई रक्षा गर्दै पार्टीलाई आत्मसाथ गर्दै उनले बाजे, छोरा नेपाली काँग्रेस र नाती अन्य पार्टीमा लागे यो किन भएको होला ? युवा पुस्तालाई कसरी नेपाली काँग्रेसमा समाहित गराउने त्यसता कार्यलाई अघि बढाउन परमपरागत शैलीबाट नभई आमूल परिवर्तन गरेर नयाँ पिढिलाई नेपाली काँग्रेसमा आबद्ध गराउनु आजको आवश्यक्ता रहेको उनले बताए ।
नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अध्यक्ष रामसोगारथ यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति तथा प्रदशे साँसद सुनिल प्रसाद यादव, जिल्ला सचिव रामचन्द्र गिरी, वृन्दावनका पूर्व मेयर तथा क्षेत्र नम्वर ४ का क्षेत्रिय सभापति रामस्नेही यादव, क्षेत्र नम्वर १ का क्षेत्रिय सभापति श्रीराम यादव, शिक्षक विन्दा सहनी, शिक्षक संघका अध्यक्ष रामकृपाल यादव, पर्व गाउँपालिका अध्यक्ष अरुण साह, नेपाल प्रेस युनियनका प्रतिनिधि प्रभातकुमार झा, अमरेन्द्र सिंह, चिरञ्जीवी सिंह, इश्राइल सहित विभिन्न जनवर्गीय संघसंगठनका प्रतिनिधिहरुले श्रमिकको हक हितमा काम गरेर आवाज विहिनको आवाजलाई सम्बध निकाय समक्ष पुर्याउन जिल्ला नेतृत्व संग माग गर्दै जिल्ला अधिवेशनको शुभकामना दिए ।