रौतहट, ११ जेठ । नेपाली काँग्रेसको मधेश प्रदेशका सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई विकसित बनाउने कार्यमा सबै तह र तप्काबाट सकारात्मक राय सुझाव र सहयोग भएमा मधेश प्रदेशलाई नमूना बनाउने देखाउने विश्वास व्यक्त गरे ।
भौतिक पूर्वाधार विकास मन्त्रीको सपथ लिएको भोलिपल्ट गृह जिल्ला रौतहट सदरमुकाम गौर स्थित नेपाली काँग्रेसको पार्टी कार्यालमा आयोजित स्वागत एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति यादवले विगतमा भएको बेथितीलाई अन्त्य गर्नका निमित्त पार्टी कार्यकर्ता देखि लिएर आम जनसमुदाय संग अपिल गर्दै बजेटको लुछाचुडी एवं बाँडफाँडबाट यस प्रदेशमा विकृति बढेको हुँदा त्यसलाई अन्त्य गर्न आफू माथि ठूलो दायित्व थपिएको महसुस उनले गरे । आफू पहिलो चोटी मन्त्री बनेको हुँदा धेरै आशा, अपेक्षा, विश्वास गरिएको छ र त्यती नै जिम्मेवारीको चुनौतीहरु थपिएको हुँदा तपाईहरुको अमूल्य साथ र सहयोगको अपेक्षा उनले गरे ।
नेपाली काँग्रेसको आधारशिला, स्तम्भ रहेका रौतहट जिल्लामा आन्तरिक कमजोरीका कारण अन्य दलहरु हावी भएको जिकिर गर्दै अब त्यस्ता मनमुटाव, आपसी कलहलाई हटाई सबै काँग्रेसीलाई एकताको सुत्रमा बाधी पुन ः रौतहट जिल्लालाई नेपाली काँग्रेसमय बनाउने प्रतिबद्धता जनाए ।
जिल्ला अध्यक्ष सुनिल यादव, सचिव रामचन्द्र गिरी, चिरञ्जीवी सिंह, गृषनन्दन सिंह, जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादव, शिक्षक विन्दा सहनी, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष रामसोगारथ यादव, लगायतका नेपाली काँग्रेसका नेता एवं कार्यकर्ताहरु नवनियुक्त मन्त्री एवं मधेश प्रदेश पार्टी अध्यक्ष यादवको सफल कार्यकालको सफल बनोस भने शुभकामना दिएको नेपाली काँग्रेस मधेश प्रदेशका प्रेस संयोजक नितेश गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0