असोज ३ गते।
रौतहट / संविधान दिवस २०८० को अवसरमा गौर कारागारका कैदीबन्दीहरु मध्ये १० जना कैदीबन्दीहरुको कैदअवधि माफ गर्दै बुधवार रिहा गरिएका छन् ।
संविधान दिवस २०८० को उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलले देशको विभिन्न कारागारमा कैदीबन्दी सरह जीवन विताइरहेका बाँकी कैद मिनहा हुने गरी गृह मन्त्रालय स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको चलानी नम्वर २०३ को पत्र असोज २ गते कारागार व्यवस्थापन महाशाखालाई प्राप्त भएका थिए ।
कारागार व्यवस्थापन महाशाखाको चलानी नम्वर २०० को पत्र असोज २ गते गौर कारागारलाई प्राप्त भएपछि गौर कारागारमा रहेका १० जना उत्कृष्ट कैदीबन्दीहरुको बाँकी सजाय मिनहा हुने गरे आज कारागार मुक्त गरिएको पेषित पत्रमा उल्लेख गरिएको छ ।
सवारी ज्यान मुद्दाका चार, कत्तव्र्य ज्यान मुद्दाका १, बहुविवाह २, डाका १, चोरी १ र कुटपिट अंगभंगको १ जना गरी १० जनालाई गौर कारागारबाट बाकी कैद अबधी मिनहा गर्दै कारागारमुक्त गरिएको गौर कारागारका प्रमुख एवं शाखा अधिकृत मणिभूषण साहद्धारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1