माघ २ गते
ईशनाथ नगरपालिकाका वडा नं २ औरैया गाउँमा आज एक कार्यक्रम बिच दर्जनभन्दा बढी काँग्रेस पार्टीका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको छ ।
ईशनाथ नगरपालिकाका नेपाली काँग्रेस पार्टीका पूर्व नगर सभापति स्व. शिव प्रसाद सिन्हाको छोरा सरोज सिन्हा, श्यामकिशोर सिन्हा र सुरेन्द्र साह, रामकिशोर लगायत दर्जनौं भन्दा बढी नेता कार्यकर्ता नेपाली काँग्रेस पार्टी परित्याग गरि आज पूर्व नगरप्रमुख संतोष कुमार मेहताको हातबाट टिक्का लगाई नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
काँग्रेसको गढ मानिने औरैया गाउँबाट नै नेता कार्यकर्ताहरू पार्टीको उच्च पंक्तिमा बसेको व्यक्तिहरूको कार्यशैलीबाट सन्तुष्ट हुन नसकेको कारणले एमालेमा प्रवेश गरेका हुन ।
वर्तमान मेयर कैशल्या देवी सिन्हालाई गत चुनावमा जिताउन दिनरात एक गर्ने सरोज सिन्हा जस्तो आफन्तलाई वास्ता गर्न नसक्ने मेयरले कसैलाई केही गर्न सक्दैन त्यसैले सबैले एउटा राम्रो समूह बनाएर अगाडि बढ्नु आउने दिनमा सबैलाई मान सम्मान सहित साथ लिएर हिड्ने प्रतिबद्धता मेहताले गरेका छन् ।