फाल्गुन २२ गते बुधबार
प्रतिष्ठित सामाजिक संजाल फेसबुकका अर्बौ खाताहरु एकाएक राति ९ः१६ बजे देखि बन्दभएपछि विश्वभर अनलाईनमार्फत हुने सञ्चार सम्पर्क विच्छेद भएको छ ।
सामाजिक संजाल फेसबुकको विश्वका विभिन्न स्थानमा रहेका सर्भरहरु बन्द गरिएका छन् । फेसबुकको मोबाइल एपमा सेसन आउट भनेर बन्द भएको छ । पुनः लगइन गर्दा लगइन हुन मानेको छैन ।
विश्वव्यापी रुपमा फेसबुकमा समस्या भएर बन्द भएको जनाइएको छ । क्यानाडा, अमेरिका तथा अन्य देशहरुमा समेत फेसबुक चलेको छैन । भारत र अन्य युरोपेली मुलुकमा समेत समस्या आएको छ । अन्य देशहरुमा नेपाली समय अनुसार साँझदेखि नचलेको तथा फेसबुक नेपालमा भने बन्द हुन पुगेको हो ।
फेसबुकसँगै मेटाको मेसेन्जर र इन्स्टाग्राममा पनि समस्या देखिएको छ । इन्स्टाग्रामले पूर्णरूपमा काम गर्न छाडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1