बैशाख ७ गते
रौतहट / मेरो माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था बंकुल शाखा रौतहटमा कार्यरत सर्लाही जिल्लाको बसबरिया गाउँपालिका वडा नं ५ मानपुर टोलमा बस्ने निवासी २५ बर्षीय नवीक कर्णले आफ्नो कार्यालय देखि ७ किलोमिटर दक्षिण परोहा नपाको मोतिपुर टोलमा राति २ बजे पक्राउ परेको छ ।

विगतको केही दिनअघि यहीँ स्थानबाट लाखौंलाख मुल्यको बिधुत ट्रान्सफरमर र दुईवटा मोटरसाइकल समेत चोरी भएको हो । ट्रान्सफरमर चोरी भएको ठाउँबाट १०० मिटरको दूरीमा आफ्नो मोटरसाइकल बागमती नम्बर प्लेटको Bagamti-A-AA- 7310 नम्बर अपाचे हरियो कलरको मोटरसाइकल राति १० बजे चौकमै लगाएर अलपत्र अवस्थामा राखिएको थियो।

स्थानीयहरूले कसको मोटरसाइकल हो यति रातिसम्म कोही आएन भनेर गाउँलेहरू स्थानीय प्रहरी चौकीलाई जानकारी गराएर मोटरसाइकल सवारी धनीको खोजतलास राति १ बजेसम्म गर्दा कोही भेटिएन तर पछि मोटरसाइकल प्रहरीले उठाएर आफ्नो नियन्त्रण राख्न खोज्दा राति २ बजे मकैको खेतबाट सर्लाहीको बसबरिया गाउँपालिका वडा नं ५ मानपुर बस्ने नवीन कर्ण आएर मेरो मोटरसाइकल भनेपछि स्थानीयहरू सोध्न थाले कि तपाईंको घर कहाँ हो ? यति रातिमा किन यहाँ आउनु भो ? मोटरसाइकल ४ घण्टा देखि बेवारिसे अवस्थामा जहाबाट पटकपटक चोरी ट्रान्सफरमर देखि मोटरसाइकल लगायत अन्य सामाग्री भएको छ त्यहीँ ठाउँमा किन राख्नु भएको हो भन्दा कर्णले केही बोल्न सक्ने यतिमात्र बोले कि मलाई माफ गर्नु गल्ती भयो तर त्यति रातिमा यहाँ किन आएको उसले केही बताउन नसकेपछि स्थानीयले प्रहरीको जिम्मा लगाएर तर जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा केही घण्टा राखेर नवीन कर्णलाई राजनीतिक दबाब र उच्च पहुचको भरमा हिजो छोडिएको हो ।

यति प्रमाण हुदाहुदै पनि प्रहरीलाई केही प्रमाण उसलाई छानबिन गर्नका लागि भेटिएन प्रहरीले राजनीति दबाबको कारण बिना कुनै छानबिन वा स्थानीयसँग रायसुझाव नलिई सिधै उसलाई छोडेको छ । भोलिको दिनमा त्यो ठाउँमा कुनै अप्रिय घटना घट्यो भने त्यसको जिम्मेवारी कसले लिने ? मेरो माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थामा काम गर्ने त्यो नवीन कर्ण भन्ने नामक व्यक्ति त्यति रातिमा आफ्नो कार्यालय देखि ७ किलोमिटर ग्रामीण भेगको गाउँमा कुन उदेश्यले गएको थियो भने जिल्ला प्रहरी कार्यालय रौतहटले केही सोधपुछ नगरी सिधै राजनीति दबाबमा छोडेको कुरा स्थानीयहरू सुनेर दुख व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0