रौतहट जिल्लाको मध्य भागले चिनिने प्रख्यात व्यवसायी क्षेत्र गरुडा नगरपालिकामा आफ्नै प्रमुख प्रशासकीय भवन हुने भएको छ ।
गरूडा नपाका मेयर कन्थमनी प्रसाद जयसवालले आज एक कार्यक्रम बिच कार्यपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणको लागि शिलान्यास गरेका छन ।
प्रशासकीय भवन ३ तल्ले निर्माण हुने योजना रहेकोमा तत्काल १ तल्ले भवनको स्टिमेट गरी छिटै निर्माण कार्य सम्पन्न गराई भाडाको घरबाट मुक्त गराएर आउदो आर्थिक बर्ष भित्र सम्पूर्ण कामकाज आफ्नै भवनमा हुने उदेश्यले शिलान्यास गरिएको मेयर जयसवालले बताएका छन् ।
प्रशासकीय भवनको निर्माण जिम्मेवारी श्रेष्ठ बटुक भैरव जेवी बिरगंज पर्साले पाएको छ यसको कुल निर्माण लागत ३ करोड ३३ लाखमा हुनेछ ।
“भवन निर्माणका लागी आवश्यक सहयोग, समन्वय, बजेट विनियोजन लगायतमा कुनै कमी हुन दिँदैनौँ”, “तोकिएको अवधिभित्र गुणस्तरीय मापदण्ड कायम गरेर काम सम्पन्न गर्न निर्माण व्यावसायी जिम्मेवार हुुनुपर्छ भने मेयरले जोड दिएको हो ।”
नयाँ बन्ने भवनमा नगरपालिकाको प्रशासनिक कार्य सञ्चालनका लागि सुविधा सम्पन्न एक तल्ले भवनमा घेरावेरा सहितको १४ वटा कोठा हुने छ । जनताले सेवा पाउन समस्या देखेर हामीले पहिलो बर्षमै नयाँ भवन निर्माणको लागी कार्य अगाडी बढाएका मेयरले बताए ।