रौतहटको गरुडा नगरपालिकामा आज नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल द्वारा वडा नं -५ शिवनगरमा ऐतिहासिक कार्यको शुरूवात गरेका छन् ।
रौतहटको गरुडा नगरपालिका वडा नं ५ शिवनगरमा, गौर चन्द्रनिगाहपुर सडक खण्ड देखि अनुमानित २५० मिटर पुर्व शिव मन्दिर जोड्ने नयाँ बाटोको नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र सोही वडाका अध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा शुक्रबार शिलान्यास गरेका छन् ।
रौतहटको प्रशिद्ध धार्मिक स्थल शिवनगरमा विगत २० औं वर्ष देखी न निस्केको नयाँ बाटो सडक आज नगर प्रमुख जयसवालले निकालेर ऐतिहासिक कार्यको थालनी गरेको स्थानीयहरुले बताएका छन् ।
मेन रोडको सहायक बाटो नहुदा धार्मिक नगरी शिवनगरमा आज सम्म कुनै किसिमको विकास निर्माणकार्य नभएर यो ठाँउ जिल्लामै पछाडी परेको स्थानीय बासीले दुख व्यक्त गरे ।
अरुले गर्न न सकेको कार्य नगर प्रमुख जयसवालले गर्दा स्थानीयहरु खुशी हुँदै नगर प्रमुख कन्थमणी प्रसाद लाई खुलेर प्रशँसा एवं सराहना गरेका छन् ।