जेष्ठ १० गते
रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाको कार्यपालिका कार्यालय सरूअठाले एकैचोटि कर्मचारी र ठेक्दारको मिलोमतोमा EDV मार्फत गराउने कार्यलाई सिधै गोप्य टेन्डर गरेको बिषय बाहिरिएको छ ।
एकै मुष्ट ३ करोड ३५ लाख बराबरको ठूलो योजनाहरूलाई गाउँपालिकाको जिम्मेवारी व्यक्तिहरू र केही मोटो कमिशन बुझाउने ठेकेदारसँग मिलेर एकदुई दिन भित्रमा गोप्य टेन्डरको मिति पुग्ने हिसाबले टेन्डर गरिएको स्रोतले जनाएको छ ।
१. राष्ट्रिय योजना आयोगको मार्फत किसानहरूको लागि बोरिङ र दमकलको टेन्डर १ करोड ।
२. तराई मधेस समृद्धि कार्यक्रममा जनता आवास कार्यक्रमको लागि २५ लाख।
३. राष्ट्रिय योजना आयोगका मद्रसा वा विद्यालयको लागि भवन निर्माणमा ५० लाख
४. सडक बोर्डमा ५० लाख।
५. वितिय समीकरणमा १ करोड १० लाख ।
यस्तो गोप्य टेन्डर ठेकेदारसँग मिलोमतो गरि गर्ने कार्यको अविलम्ब छानबिन र सम्बन्धी निकायको ध्यान जाओस् भनेर स्थानीयहरू समाजिक देखि विभिन्न निकायमा आवाज उठाउन थालेको समेत रहस्य बाहिरिएको छ ।