प्रेमचन्द्र झा
भदौ ०४
राैतहट । राजर्षि जनक विश्व विधालयको आगिंकको रुपमा पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पस गाैरको मंगलबार एक समारोह बीच उदघाटन गरिएको छ ।

राजर्षि जनक विश्व विधालयका उप कुलपति डा.अमर यादव ले क्याम्पस उद्वधाटन गरेका हुन ।उपकुलपति यादवले राजर्षि जनक विश्व विधालय मधेस प्रदेशमा एकमात्र संघिय विश्व विधालय रहेको बताउदै आठ वटै जिल्लामा आंगिक क्याम्पस खाेल्ने र देश भरी क्याम्पसलाई सम्बन्धन दिने कार्य भई रहेको जानकारी गराएका छन। उपकुलपति यादवले पण्डित मंगल कुमार बहुमुखी क्याम्पस गाैरका लागि नगरपालिकाले गरेको सहकार्यका लागि धन्यवाद समेत दिएका छन ।

यस क्याम्पसमा आगामी वर्ष देखि अन्य प्राविधिक शिक्षाको पढाइ थप्दै जाने विश्वास व्यक्त गरे । सो क्याम्पसले यसै शैक्षिक सत्रमा विएससिएजि र विविए कोर्षमा भर्ना लिई रहेकाे कुरा विश्व विधालयका डिन सत्यनारायण साहले बताए ।

गाैर नगर प्रमुख शम्भु साहको अध्यक्षतामा भएको उदघाटन समारोहमा नेकपा एसका केन्द्रीय सदस्य रेवन्त झा ,राष्ट्रिय जनमुक्ति मोर्चाका केन्द्रीय सदस्य अनिल कुमार सिंह र पुर्व शिक्षक विजय किशाेर झा र विन्दा साहनी सहितकाले क्याम्पस स्थापनामा गाैर नगर पालिकाले देखाएको अग्रसरताकाे सराहना गरेका छन ।

साे अवसरमा शिक्षा क्षेत्रमा लामो समय सम्म योगदान गर्नु हुने व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा उप प्रध्यापक डा. दिपक गुप्ता, विजय किशाेर झा, विन्दा साहनी,र सिताराम चनाैलाई दाेस्ल्ला ओढाई सम्मान गरिएको गाैर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0