बैशाख १५ गते
रौतहटको कटहरिया नगरपालिका वडा नं. -१ स्थित भषेडवामा रहेको श्री काेपिला प्राथमिक विद्यालयमा चार कोठे भवनको शिलान्यास गरिएको छ ।
बिहिवार एक समारोहका बिच नगरप्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रितादेवी यादवले संयुक्तरूपमा सो विद्यालय भवनको शिलान्यास गरेका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अनतर्गत ४५ लाखको लागतमा निर्माण हुने उक्त विद्यालय भवनको वडा अध्यक्ष भुपेन्द्र महताे काेईरीकाे अध्यक्षतामा नगरप्रमुख र उपप्रमुखले शिलान्यास गर्नुभएको हो ।
विद्यालयमा वर्षाेदेखी भवनको अभाव रहेको हुदा बिद्यार्थीहरुलाई कठिनाई हुँदै आएको अवस्था लाई मध्य नजर गरिदै सो विद्यालय भवनको शिलान्यास गरिएको विद्यालयकी प्रधानाध्यापक सुशीलादेवी कुशवाहाले बताएका हुन् ।
जेष्ठ मसान्तसम्म भित्रमा विद्यालयको भवन निर्माण सम्पन्न हुनेगरि काम द्रुत गतिमा अगाडि बढाएको बताउदै प्रधानध्यापक सुशीला देवीले विद्यालय भवन निर्माण भएपछि बिद्यार्थीहरुको पठन पाठनमा सहज हुने बिश्वास व्यक्त गरिन ।
नगरप्रमुख अजय प्रकाशको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष भुपेन्द्र महताे काेईरीकाे अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा वडा नं-५ का वडा सर्फलाल प्रसाद गुप्त वडा नं-४ का वडा अध्यक्ष चन्दन कुशवाहा नेपाली कांग्रेसका नेता जबाहरलाल यादव लगायत विद्यालयका बालबालिका शिक्षक शिक्षिका पत्रकार लगायतको सहभागीता रहेको थियो ।