बैशाख १७ गते
रौतहट जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य किरण कुमार साहलाई छिमेकी राष्ट्र भारत बिहार राज्य मोतिहारी जिल्लाको कोरैया गाउँमा मन्दिर उद्घाटन कार्यक्रममा प्रमुख आतिथ्यको रूपमा निम्त्याएको छ ।
सांसद साहले निर्वाचन जितेपछि नेपालको ऐतिहासमा पहिलोपटक संस्कृति भाषामा हिन्दु सन्तान धर्मलाई उजागर गर्न सपथ ग्रहण गरेका थिए । सपथ ग्रहण पश्चात् सांसद साहको नेपालमा एक्कासी चौतर्फी चर्चा सुरु भयो यसैबीचमा देशको ठूलठूला धर्म संरक्षक संघसंस्थाहरूले कार्यक्रमको आयोजना गरि धर्मको रक्षा बाहिनीको रूपमा सम्मानित समेत गरेको छ ।
अहिले मित्र राष्ट्र भारतको सीमावर्ती क्षेत्रसँग जोडिएको गाउँ-बजार र शहरहरूमा नेपालको हिन्दुत्वको आवाज उठाउने एकल नेताको रूपमा चिनिएको सांसद साहको उतापनि व्यापक चर्चा भइरहेको छ । भारतको कोरैया स्थित सीता नवमी अर्थात सीता जन्मोत्सवको अवसरमा आयोजित रामजानकी मन्दिर प्राण प्रतिष्ठान कार्यक्रममा प्रमुखअतिथिको रूपमा सांसद साहलाई आमन्त्रित गरि उद्घाटन गराइएका छन ।
सांसद साहले आफू जहिले जहाँ जुनसुकै संगठनमा रहेपनि प्रमुख एजेन्डा हिन्दु धर्म संस्कृति संरक्षण र प्रबर्द्धन रहनेछ छ । आज छिमेकी राष्ट्रमा मलाई प्रमुख आतिथ्य बनाएर जुनप्रकारको मानसम्मान आज दिइएको छ यहाँका सबै शुभेच्छुकप्रति सधै अभारी रहने उनलेे बताए ।
विश्वकै बिशाल राष्ट्र र हाम्रो छिमेकी भारत हुनु नै हामी नेपाली जनताको लागि ठूलो महत्त्व राख्छन् । जुन बर्षौ बर्षदेखि चल्दै आएको बेटी रोटीको सम्बन्धलाई अझ सशक्त रूपले बलियो बनाउ अहम भुमिका निर्वाह गर्न तयार रहने उनले दाबी गरे ।