बैशाख १८ गते
राैतहट। मधेश प्रदेशभरीका पत्रकारहरूले विश्व प्रेस स्वतन्त्रता दिवस चन्द्रनिगाहपुरमा मनाउने भएका छन ।
मुख्यमन्त्री रामसरोज यादवको प्रमुख आतिथ्यमा मधेश पत्रकारिता सम्मान हस्तान्तरण एवम् प्रदेश ऐन र पत्रकारिता विषयक अन्तरक्रिया कार्यक्रम हुने नेपाल पत्रकार महासंधका प्रदेश अध्यक्ष राजेश कुमार कर्णले बताए ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा हुने उक्त अन्तरक्रिया कार्यक्रम प्रदेशका ८ वटै जिल्लाका अध्यक्ष तथा २ पत्रकार महिला सहित ६/६ जनाको सहभागिता हुने अध्यक्ष कर्णले बताए ।भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)को अवसर पारेर सो कार्यक्रम हुन लागेको हो । यहि वैशाख २० गते बुधबार बिहान १० बजे जिल्लाको चन्द्रपुर स्थित रहेको होटेल अशोकामा हुने कार्यक्रममा मधेश प्रदेश भरिको ८ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहनेछ ।
विश्व प्रेस स्वतन्त्रता दिवस(मे ३)काे अवसरमा बिहान ८ बजे महासंघ राैतहटकाे अगुवाइमा प्रभातफेरी हुने कार्यक्रम समेत रहेका छन । जिल्लाका सबै सञ्चारकर्मीलाई चन्द्रनिगाहपुरमा हुने प्रभातफेरिमा सहभागिताका लागि नेपाल पत्रकार महासंघ राैतहट शाखाले अनुरोध गरेकाे छ । जसको लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले बताए ।
कार्यक्रम हुने स्थलमा चन्द्रपुर नगर प्रमुख सन्जय काप्ले,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चाैहान,केन्द्रीय सदस्य द्वय शिवपुरी , केसि लामिछाने,मधेस प्रदेश महासचिव श्याम बन्जरा,जिल्ला अध्यक्ष , उपाध्यक्ष सहितको टोलीलेसोमबार स्थलगत अवलोकन गरेकाछन ।।