जेष्ठ ०२ गते
प्रेमचन्द्र झा

राैतहट । लाल बकैया र बागमती नदीको बिचमा रहेको राैतहट जिल्ला करिब हरेक बर्ष वाढि डुबान र कटानको समस्याले पिडित हुँदै आएका छन । समयमा सुख्खा माैशममा काम भए क्षेती जोखिम कम हुने उदेश्यले राैतहटका स्थानीय प्रशासन अति जाेखिम स्थानकाे स्थलगत अनुगमन गरेकाे हाे ।

अनुगन गरि थत केहि गर्न सकिन्छ कि जिज्ञासा सहित पालिका प्रमुख संग छलछल समेत गरेको टोलीका एक सहभागी युवा नेता राेशन झाले बताए । सह सो समस्याका कारण बर्सेनि ठुलो जनधनको क्षति हुने गर्दछन ।वाढी डुबान कटानको उच्च जोखिममा रहेका राैतहटको दक्षिणी भेगमा केही स्थानमा तत्कालै वाध मर्मत तथा नया स्पर निर्माणको आवश्यकता रहेको स्थानीयले बताए ।

जिल्ला प्रशासन कार्यालय राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र दिउँसो दुर्गा भगवति गाउपलिका पुग्दा अध्यक्ष शम्भु सिहले वडा नम्बर ३ स्थित थप एउट स्पर निर्माण गराई दिन आग्रह गरेका छन ।

लाल बकैया तथा बागमती नदि नियन्त्रण कार्यालयबाट यश बर्ष सो वडा स्थित बामति नदिमा नया स्पर निर्माण भएका छन । वडा नम्बर ५ वडहर्वामा निर्माण भई रहेको हुलाकी राजमार्गको बागमती पुल बारे प्रजिअले जानकारी लिनु भयाे । साे अवसरमा सशस्त्र प्रहरी उपरीक्षक माधव रेग्मी , राष्ट्रिय अनुसन्धानका प्रमुख चन्दन झा , वडा अध्यक्ष डिके झा र धर्मनाथ चाैधरी सहितको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0