जेठ ८ गते
रौतहट । रौतहटको माधवनारायण नगरपालिकाको नगरप्रमुख बैजनाथ प्रसाद यादवले आज एकै दिन नगर भित्रका २ वटा वडा मा ७० लाख लागत बराबरको निर्माण कार्यका लागि शिलान्यास गरेका छन ।
पहिलो शिलान्यास वडा न. ६ माधोपुर स्थित ब्रहम्स्थानको मन्दिर निर्माणका लागि २५ लाखको वडा स्तरीय लागतमा गरेका छन भने वडा न. ४ स्थित श्री मा.वि. विसुनपुर्वा मानपुर मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बिधालयको माथिल्लो तल्लामा ४ कोठे भवन निर्माणका लागि शिलान्यास गरेका छन ।
विधालय भवन निर्माणका लागि भएको शिलान्यास कार्यक्रममा नगरपालिकाका नगर प्रमुख श्बैजनाथ प्रसाद यादव, उप- नगर प्रमुख निर्मला देवी रमण विद्यालयका वि.व्य.स अध्यक्ष बिशाल भण्डारी , विधालयका प्रधानाध्यापक राजेश कुमार यादव लगायत शिक्षक कर्मचारी तथा भद्रभलादमीहरुको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1