रौतहट, १५ साउन । रौतहट जिल्लाको विभिन्न नाकाहरु भएर राजस्व छलेर भित्राइएको लाखौं मूल्य बराबरमा मालसामानहरु बरामद गरेर प्रहरीले आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटद्धारा जारी गरिएका प्रेस नोटमा, पछिल्लो विभिन्न मितिमा जिल्लाको विभिन्न स्थानहरुबाट राजस्व छलेर नेपाल भित्रयाइएका ९ लाख १७ हजार भन्दा बढिको सामानहरु बरामद गरेर आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएका हुन् ।

भन्सार छलेर सीमापारी भारतीय बजारबाट नेपाल भित्रयाइएका लत्ताकपडा, किराना सामग्री, श्रोत खुल्न नसकेको नोट, सौफी सहित बाईक गरेर ९ लाख १७ हजार ८४५ रुपैया मूल्य बराबरको मालसामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको रोतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0