जनकपुरधाम, १५ साउन । निर्घात कुटपिटबाट धनुषाधाम नगरपालिकामा एक पुरुषको मृत्यु भएको छ ।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्वर २ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या भएको हो । कुटपिटको प्रतिवाद गर्ने उनकी ३५ बर्षिया श्रीमती श्यामु ठाकुर घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सोमवार विहान साढ ११ बजेको समयमा छिमेकी ४५ बर्षिया सुरजी मुखिया र निजका २१ बर्षिय छोरा नागेश्वर मुखियाले घरमा प्रवेश गरेर कुटपिट गर्दा ठाकुर गम्भीर घाइते भएका थिए । प्रादेशिक अस्पतालमा उपचारको क्रममा घाइते ठाकुरको मृत्यु भयो ।

मृतकको घाइते श्रीमती ठाकुरको अस्पतालमा उपचार भईरहेको जानकारी दिदै धनुषा प्रहरीको प्रवक्ता एवं डिएसपी रञ्जन अवाले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0