रौतहट, २० चैत — सदरमुकाम गौरस्थित मालपोत कार्यालयमा सेवाग्राहीलाई अनावश्यक रूपमा हैरान पार्दै ठगी गर्दै आएका केही बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जग्गा पास, विक्री लगायतका सेवा लिन आउने सेवाग्राहीलाई “छिटो काम गराइदिन्छु” भन्दै प्रलोभन देखाएर रकम असुल्दै आएका बिचौलियालाई जिल्ला प्रहरी कार्यालय गौरबाट खटिएको टोलीले पक्राउ गरेको हो।

लामो समयदेखि मालपोत कार्यालय तथा वरिपरि सक्रिय रहँदै आएका यी व्यक्तिहरूका कारण सर्वसाधारणले सास्ती खेप्दै आएको गुनासो बढेपछि प्रहरीले विशेष निगरानी बढाएर कारबाही अघि बढाएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखेर थप अनुसन्धान भइरहेको छ।

यस घटनासँगै मालपोत कार्यालयमा फैलिएको बिचौलिया समस्यामाथि नियन्त्रण गर्न प्रहरीको कडा कदमले बिचौलियाबीच हडकम्प मच्चिएको छ।
स्थानीयवासीले प्रहरीको यस कदमले सेवाग्राहीलाई राहत मिल्ने विश्वास व्यक्त गरेका छन् भने यस्ता अवैध गतिविधिमा संलग्नमाथि कडा कारबाही गर्न मागसमेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0