चैत १९ गते
दिपक साह
मधेश प्रदेशको सर्लाही जिल्लामा दुई किशोरी दिदीबहिनी एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा सनसनी फैलिएको छ।

सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित एक आँपको रुखमा झुण्डिएको अवस्थामा उनीहरूलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। मृतकहरू सर्लाही रामनगर नगरपालिका–६, सिसौटका विनोद दासकी करिब १५ वर्षीया छोरी सङिता कुमारी र उनका दाजु इन्द्रजित दासकी करिब १७ वर्षीया छोरी नगिना कुमारी दास रहेका छन्।

प्रहरी प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार स्थानीयवासीले रुखमा झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले दुवै शवलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाएको जनाएको छ।

दुवै शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाको कारण खुल्न नसकेको र यस विषयमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0