चैत २६ गते बिहिवार
दिपक साह
रौतहट / बिहार राज्यको अररिया जिल्ला स्थित फारबिसगंजमा भएको एक दर्दनाक दोहोरो हत्याकाण्डले पुरै राज्यलाई स्तब्ध बनाएको छ। सामान्य विवादबाट सुरु भएको घटनाले भयावह रूप लिँदा कानून-व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।

प्राप्त जानकारीअनुसार, सत्तू बेच्ने रवि चौहानले सानो विवादका क्रममा सवारी चालक नबी हसन लाई बीच सडकमै धारिलो हतियार प्रयोग गरी घाटी रेटी हत्या गरेका थिए। उक्त आक्रमण यति क्रूर थियो कि पीडितको टाउको शरीरबाट अलग भएको बताइएको छ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाहरूले आरोपी रवि चौहान लाई खोजी गरि उपस्थित भीडका मानिसहरुले आक्रमण गर्दै कुटपिट गरेका थिए। भीडको कुटाइबाट उनको पनि मृत्यु भएको जनाइएको छ। यसरी एकै घटनामा दुई जनाको ज्यान गएपछि क्षेत्र तनावग्रस्त बनेको छ।

घटना हुँदा सुरक्षाकर्मीको उपस्थितिबारे समेत प्रश्न उठेको छ। यस्तो संवेदनशील अवस्थामा पनि प्रहरीले समयमै हस्तक्षेप गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।
उक्त घटनाले अहिले राजनीतिक रंग समेत लिएको छ। विभिन्न दलका नेताहरूले राज्य सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0