बैशाख १३ गते
दिपक साह
बिहार राज्यको पुर्वी चम्पारण जिल्ला स्थित कुण्डवा चैनपुर थाना क्षेत्र अन्तर्गत सन् २०१६ मा दर्ता भएको काण्ड नम्बर ७० सम्बन्धी हत्या मुद्दाका फरार अभियुक्त राकेश झाको घरमा जफत (कुर्की) प्रक्रिया सुरु गरिएको छ।

प्राप्त जानकारी अनुसार, तिलहर गाउँ निवासी राकेश झा (पिता: पारस झा) लामो समयदेखि फरार रहेका कारण अदालतको आदेशअनुसार मजिस्ट्रेटको उपस्थितिमा उनको घरमा कानुनी प्रक्रिया अघि बढाइएको हो।

प्रहरी प्रशासनका अनुसार, अभियुक्तलाई पक्राउ गर्न निरन्तर प्रयास भइरहे पनि उनी अझै फरार नै छन्। यसैबीच, कानुनको दायरामा ल्याउन दबाब स्वरूप सम्पत्ति जफत गर्ने प्रक्रिया सुरु गरिएको जनाइएको छ।
स्थानीय प्रशासनले फरार अभियुक्तलाई छिट्टै नियन्त्रणमा लिन यस्तो कडा कदम चालिएको बताउँदै कानून कार्यान्वयनमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0