बैशाख १३ गते
दिपक साह
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका–१ गंगापिपरास्थित ब्रह्मस्थान नजिकको पोखरीमा डुबेर एक पाँच वर्षीय बालकको ज्यान गएको छ।

मृत्यु हुने बालक स्थानीय गौरीशंकर साह कलवारका अन्दाजी ५ वर्षीय छोरा कृष साह रहेको पुष्टि भएको छ। बालक खेल्ने क्रममा असावधानीवश पोखरीमा खसेर डुबेको प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि तत्काल उद्धार गरी उपचारका लागि लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। यस घटनाले स्थानीय क्षेत्र शोकमग्न बनेको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0