
रौतहट ,गौर /जिल्ला कारागार कार्यालय गौर, रौतहटमा लागु अौषध ब्राउन सुगर कारोबारमा १५ बर्ष जेल र ५ लाख जरिवाना सहित सजाय भोगिरहेको बारा जिल्ला भटिनिया निवासी पवन कुमार यादव अहिले गौर कारागारको कैदी नाईके जेल भन्दा बाहिर कसरी पटक-पटक कारागारबाट खुल्याम बाहिर घुमि रहन्छ ।

गौर नपा भित्र महायज्ञमा पनि खुल्याम घुमिरहेका फोटो अहिले समाजिक संजालमा भाईरल बनेको छ भने होलीको दिन कुन नियम अनुसारलाई पाल्न गरेर जेल जीवन बिताइरहेका यादवले कारागारबाट बाहिर निस्केर आफ्नो घर बारा जिल्ला होली मनाउन गएको थियोे ।

यादवले घरबाट पुनः जेल फर्किरहेको क्रममा रौतहट जिल्लाको परोहा नपा ४ लौकाहा बजार स्थित रक्सी खाएर मोटरसाइकल चलाइरहेको कारणले आफै मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते समेत भएको छ ।

मोटरसाइकल दुर्घटना हुदा खुट्टा समेत भाचेको नाईके यादव अहिले उपचार पर्सा जिल्लाको बिरगंजमा उपचार गराइरहेका छन् । जिल्ला कारागार कार्यालय गौर, रौतहट नेपाल सरकारको कानुन भन्दा माथि चलिरहेको प्रष्ट बुझिन्छ । यहाँ सर्वोच्च अदालतले १५ बर्ष सजाय तोकेको व्यक्तिलाई खुल्याम जेलबाट बाहिर घुम्न छुट दिएको छ ।















