दिपक साह /फाल्गुन ३० गते

हिजो राती रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं.-३ लवतना पिपरा टोलमा बस्ने रमेश दास र गणेश दासलाई सोही गाउँका निवासी महाराज दासको छोरा बिशुनी दास बिच झडप हुदा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते भएको थियो ।

दुवै जनाको अवस्था गम्भीर रहेको स्थानीयले बताए अनुसार बिशुनी दास घर छोडेर फरार भएको छ । आज बिहान रौतहट क्षेत्र न.-२(क) को बिधायक प्रत्यासी पन्कज सिन्हाले रौतहट जिल्ला प्रहरीकार्यालय गौरको प्रहरी टोलि लिएर घटना बारे थप जाच बुझ गर्न गौर होस्पिटल प्रा.लि. गौरमा पुगेका थिए ।

मदिरा सेवनको जोसमा आएर घटना त भयो अब दुबै जनाको उपचार हुनु पर्यो त्यसपछिअगाडिको प्रक्रिया गाउमा गाउलेहरुको बैठक बोलाई समस्याको समाधान गर्नु पर्छ आखिर किन भयो यस्तो ? यस घटनाको दोसी को हो ? दोसिलाई कार्वाही हुनु पर्छ । बिधायक प्रत्यासी पन्कज सिन्हाले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0