पुस १२ गते
रौतहट / केही दिन यता तराई क्षेत्रमा बढेको अत्यधिक चिसो र शीतलहरलाई मध्यनजर गर्दै #राजपुर नगरपालिकाले नगरवासीलाई राहत दिन विशेष योजना अघि सारेको छ। नगर प्रमुख डा. #राजीक आलमको निर्देशनमा भोलिदेखि नगरका विभिन्न #सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरिने भएको छ।

#नगर प्रमुख डा. आलमले #चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको र #विशेषगरी विपन्न, असहाय तथा सडकमा #आवतजावत गर्ने नागरिकहरूलाई #समस्या परेको महसुस गर्दै यो निर्णय लिनुभएको हो।

​नगरका चोक, बजार, मस्जिद, मन्दिर र सार्वजनिक प्रतिक्षालयहरू जहाँ मानिसहरूको बढी जमघट हुन्छ, त्यहाँ दाउरा बाल्ने व्यवस्था गरिनेछ।
​जाडोको प्रकोप बढ्दै गएकाले ढिलाइ नगरी भोलिदेखि नै वितरण कार्य सुरु हुनेछ। स्थानीयस्तरमा नगर प्रमुखको यस कार्यलाई ‘अभिभावकीय भूमिका’ भन्दै सर्वसाधारणले प्रशंसा गरेका छन्।

नगर प्रमुख डा. राजीक आलमले चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो खानेकुरा खान र स्वास्थ्यको ख्याल राख्न सम्पूर्ण नगरवासीलाई अनुरोध समेत गर्नुभएको छ। उहाँले नगरका कुनै पनि नागरिक चिसोका कारण बिरामी पर्न नपरोस् भन्ने हेतुले नगरपालिका सदैव तत्पर रहेको बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0