
बैशाख १३ गते
दिपक साह
पर्साको बिरगंजमा गए राति चलिरहेको अवस्थामा एक इलेक्ट्रिक स्कुटरमा अचानक सर्ट सर्किट भई आगलागी हुँदा स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
स्थानीयका अनुसार स्कुटर सडकमा गुडिरहेको बेला एक्कासी धुवाँ निस्किन थालेपछि केही क्षणमै आगो बल्दै गयो। चालकले तत्कालै स्कुटर रोकेर आफू सुरक्षित स्थानमा हटेका कारण मानवीय क्षति भने हुन पाएन।
घटनापछि स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुमानअनुसार ब्याट्री वा वायरिङमा समस्या आई सर्ट सर्किट हुँदा आगलागी भएको हुन सक्ने बताइएको छ।
यस घटनाले इलेक्ट्रिक सवारी साधन प्रयोग गर्दा सुरक्षाप्रति थप सजग रहनुपर्ने आवश्यकता देखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















