रौतहट, १८ साउन । गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहलाई संघ, प्रदेश र स्थानीय सरकारको विच सहजीकरण गर्न समन्वय परिषदको सदस्यमा नियुक्त गरिएको छ ।

मधेश प्रदेश सरकारको मुख्यमन्त्री एवं मन्त्री परिषद कार्यालयले गौर नगरपालिकाको नगरप्रमख साहलाई समन्वय परिषदको सदस्यमा नियुक्त गरिएको हो ।

संघिय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको बिचमा समन्वयको भुमिका सहजीकरण गर्नका निमित्त बनाइएको समन्वय परिषदको सदस्य पदमा नगरप्रमुख साहलाई नियुक्त गर्दा गौरवासीको लागि गौरवको विषय बनेको नेकपा (एकिकृत समाजवादी) का जिल्ला सदस्य रामआधार सिंहले बताए ।
समन्वय परिषद सदस्यमा नियुक्त भएपछि गौर नगरमा राजगारमुलक, विकासमुलक एवं विभिन्न विकास निर्माणको कार्यहरु सुचारु हुनेमा सिंहले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0