दिपक साह / रौतहटको गुजरा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा अशोक कुमार महर्जन हाजिर हुनु भएको छ । उप सचिवको हाजरी भए सङ्गै सो पालिकाकामा विकाशका गतिबिधिहरु बढने तथा पालिका व्यवस्थित रुपमा सन्चालन हुने विस्वास लिएको छ।

बिगतका दिन देखि उहा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगमा काम गर्दै आएका उप सचिव महर्जनले सोमबार देखी गुजरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन ।

गुजरा नगरपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने हिसाबले जिम्मेवारी दिईएको हो । यस अघिका हाकिम नि.प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार जयवालको ठाउँमा वहाँ आउनु भएको हो ।

उहा गुजरा नगरपालिकामा आउने दिन देखि नै सम्पुर्ण कर्मचारीहरु एकशनमा काम गर्न थालेको छ। बाकी रहेको बिकासको काम सुरु भएको तथा निर्माण धिन रहेको स्कुल,मन्दिर,मस्जिद सबै भवनको काम नगर प्रमुख सन्तलाल चौधरी ज्यू सङ्ग कुरा गरी सुचारु गराउनु भएको छ।

कार्यभार सम्हालन कार्यालय आएका बेला उनलाई नगर प्रमुख सन्तलाल चौधरी, नगर उप-प्रमुख , कर्मचारीगन तथा जनप्रतिनिधि लगाएत स्थानीय राजनैतिककर्मीहरुले फुल माला अबिर लगाई दोसला ओढाएर भव्य स्वागत गरेका हुन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0