रौतहट, २७ फागुन । टि–२० पालिका कप २०८० को पहिलो खेलमा गौरले गुजरालाई रोमाञ्चकारी म्याचमा २ रनले हराउदै विजयी गरेका छन् ।

आईतवार गौर स्थित राईस मिल्सको खेल मैदानमा टस जितेर गौरले पहिलो ब्याटिंग गर्दै ११२ रन बनाएका थिए प्रतिउत्तरमा गुजरा नगरपालिकाको टिमले ११० रन मात्रै बनाउन सफल भए अन्ततः २ रनको झिनो अन्तरले पराजित भएका हुन् ।

आज दुई वटा गेम संचालन भएका थिए पहिलो खेलमा गौरले गुजरालाई र गरुडाले फतुवा विजयपुरलाई हराएका छन् । गौरका लागि ओपनर राज पटेलले सर्वाधिक ६७ रन, रबी साह र प्रिन्स अन्सारीले क्रमश १३÷१३ रन बनाए भने अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन ।

गौरले १८.१ ओभरमा सम्पूर्ण विकेटको क्षतिमा ११२ रन बनाएर गुजरालाई ११३ रनको चुनौती दिएका थिए । प्रतिउत्तरमा गुजराको टिमले २० ओभरमा ३ विकेट गुमाएर मात्रै ११० रनमै सिमित भए। रोमाञ्चकारी म्याचमा गुजराले २ रनबाट हार बेहोर्न बाध्य भए ।
दोश्रो खेलमा फतुवा विजयपुरको टिमले १९.२ ओभरमा सबै विकेट गुमाएर ८३ रन बनाएका थिए ।

प्रतिउत्तरमा गरुडा टिमले १२.३ ओभरमा ८५ रन बनाएर विजयी सुरुआत गरेका छन् । फतुवा विजयपुरका बलर राजिवकुमार यादवले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट, रुष्तम अन्सारी र अनिकेत साहले एक एक विकेट लिएको रौतहट क्रिकेट संघका प्रेस संयोजक प्रविण टिब्डेवालले जानकारी दिए ।

यस्तै गरुडाका लागि शंकर पटेलले ३.२ ओभरमा १२ रन दिई तिन विकेट, उमेश पटेलले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएको उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0