रौतहट । ईशनाथ नगरपालिकाको १२ औँ हिउँदे अधिवेशन आज एक कार्यक्रमका बीच भव्य तथा सभ्य तरिकाले सर्वसम्मतिबाट सम्पन्न भएको छ।
अधिवेशनको सभाअध्यक्षको रूपमा नगर प्रमुख श्रीमती कौशल्या देवी सिन्हा रहनु भएको थियो भने सभाका सचिव मो. नवाज हुसैन रहनु भएको थियो। त्यस्तै, सभाका उपाध्यक्षको भूमिकामा मो. प्रवेज आलम रहनु भएको थियो।

उक्त अधिवेशनमा ईशनाथ नगरपालिका अन्तर्गतका वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षज्यूहरू, अन्य जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, पत्रकार तथा स्थानीय अगुवा र नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अधिवेशनमा नगरपालिकाको चालु तथा आगामी योजना, नीति तथा कार्यक्रमका विषयमा छलफल भई विभिन्न महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा पारित गरिएको जनाइएको छ। यस अधिवेशनले नगरपालिकाको समग्र विकास, सुशासन तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0