रौतहटको बौधिमाई नगरपालिकामा सिचाइको दीर्घकालीन समस्या समाधानका लागि नगर प्रमुख श्री प्रदिप कुमार यादवको विशेष पहलमा महत्वपूर्ण कदम चालिएको छ। बारा जिल्लाको जमुनी नदीबाट बौधिमाई नगरपालिकाको नहरसम्म सिचाइका लागि पानी ल्याउने विषयमा स्थलगत अनुगमन तथा छलफल गरिएको हो।

अनुगमन कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी (CDO), नारायणी सिचाइ कार्यालयका डिभिजनल इन्जिनियर (DE) तथा प्रहरी उपरीक्षक (SP) को सहभागिता रहेको थियो। उक्त टोलीले जमुनी नदीदेखि बौधिमाई नगरपालिकासम्म सिचाइका लागि पानी ल्याउन सकिने सम्भाव्यता, प्राविधिक पक्ष तथा आवश्यक संरचनाबारे अध्ययन गरेको छ।

बौधिमाई नगरपालिका क्षेत्रका अधिकांश कृषकहरू कृषि पेशामै निर्भर रहेका छन्। तर पछिल्लो समय पानीको अभावका कारण खेतीपातीमा गम्भीर समस्या देखिँदै आएको छ। यही समस्यालाई मध्यनजर गर्दै नगर प्रमुख यादवको नेतृत्वमा सिचाइको पहुँच विस्तार गरी किसानहरूको जीवनस्तर उकास्ने उद्देश्यले यो पहल अघि बढाइएको हो।

नगर प्रमुख श्री प्रदिप कुमार यादवले सिचाइ सुविधा सुनिश्चित गर्न सके कृषकहरूको उत्पादन बढ्नुका साथै नगरपालिकाको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सम्बन्धित सबै निकायसँग समन्वय गरेर यो योजना यथाशीघ्र कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाउनुभयो।
स्थानीय कृषकहरूले नगरपालिकाको यस पहलप्रति खुसी व्यक्त गर्दै सिचाइ सुविधा विस्तार भए कृषि कार्य सहज हुने र आफ्नो जीविकोपार्जनमा ठूलो राहत मिल्ने आशा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0