माघ १५ गते बिहीबार
रौतहट निर्वाचन क्षेत्र नं.–२ बाट नेपाली कांग्रेसका सांसद प्रत्याशी माननीय डा. फिरदोश आलम ज्यू ले आज आफ्नै निर्वाचन क्षेत्र अन्तर्गत पर्ने ईशनाथ नगरपालिका वडा नं.–५ का लक्ष्मीनिया, मोतिपुर तथा जटहारा क्षेत्रमा भेटघाट कार्यक्रम गर्नु भएको छ।

कार्यक्रमका क्रममा उहाँले स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारण नागरिकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव तथा अपेक्षाबारे छलफल गर्नुभएको थियो।
डा. आलमले जनताको विश्वास, साथ र सहयोगले मात्र क्षेत्रको समग्र विकास सम्भव हुने बताउँदै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले उहाँप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै आगामी निर्वाचनमा पूर्ण समर्थन गर्ने विश्वास व्यक्त गरेका छन्। सो कार्यक्रममा नेपाली कांग्रेसका मेयर तथा स्थानीय बरिस्ठ नेता–कार्यकर्ता लगायत समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0