वीरगञ्ज । मिति २०८२ माघ १७ गते (शनिबार)
वीरगञ्ज महानगरपालिका–१२ मा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

कार्यक्रममा मधेस प्रदेशका पूर्व खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा वीरगञ्ज महानगरपालिका–१२ का जसपा केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेकमहमद अन्सारी, जसपा नेपालका जिल्ला सदस्य मदन साह कानु र मुस्तकीम हवारीलगायतका नेताहरूको नेतृत्वमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्।

कार्यक्रमका क्रममा नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई दोसल्ला तथा अबिर लगाएर पार्टीमा स्वागत गरिएको थियो। पूर्व मन्त्री यादवले नवप्रवेशीहरूलाई हार्दिक स्वागत गर्दै देश विकास, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि एमाले सधैं प्रतिबद्ध रहेको बताउनुभयो।

उहाँले प्रतिबद्ध र सचेत नागरिकहरूको पार्टीमा आगमनले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै सबैको एकता, सामूहिक प्रयास र दृढ संकल्पबाट जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0