
माघ २९ गते
रौतहट – गरुडा नगरपालिका वडा नं. ८ जिङ्गडियामा १६ फिट चौडाइ र १८७ मिटर लम्बाइको RCC ढलान सडक निर्माण कार्यको आज विधिवत् शिलान्यास सम्पन्न भएको छ। नगर प्रमुख कन्थमणी जयसवालज्यूले शिलान्यास गर्दै निर्माण कार्यको औपचारिक सुरुवात गर्नुभएको हो।

उक्त सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको दैनिक आवागमन सहज हुने, धुलो–हिलोको समस्या न्यूनीकरण हुने तथा क्षेत्रीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। सडकले स्थानीय पूर्वाधार सुदृढ गर्दै समग्र जीवनस्तर सुधारमा योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा बोल्दै नगर प्रमुख जयसवालज्यूले नगरको दिगो विकास र समृद्धि लक्ष्यलाई केन्द्रमा राख्दै पूर्वाधार निर्माणका कामहरूलाई निरन्तर अघि बढाइने बताउनुभयो। नगरपालिका नागरिकको आवश्यकतालाई प्राथमिकता दिँदै योजनाबद्ध विकासतर्फ अग्रसर रहेको उहाँले उल्लेख गर्नुभयो।















