
पर्सा — सशस्त्र प्रहरी बल नेपाल ले पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार मेनगेटबाट स्रोत नखुलेको २० लाखभन्दा बढी नगदसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगन्ज बाट खटिएको टोलीले विशेष सूचनाको आधारमा भारत बाट नेपालतर्फ आउँदै गरेको BR 05BK 8603 नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक वीरगन्ज–१७ निवासी ५० वर्षीय विनय शंकर साह तुरहा लाई नियन्त्रणमा लिएको हो।
जाँचका क्रममा मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा लुकाइ राखिएको अवस्थामा नेपाली २० लाख २ हजार ५० रुपैयाँ र भारतीय ६०० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्ति, मोटरसाइकल, मोबाइल तथा परिचयपत्रसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय पर्सा मा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















