फाल्गुन ७ गते शनिबार
दिपक साह
रौतहट – हिजोदेखि भइरहेको बेमौसमी वर्षासँगै चलेको तीव्र हावा र असिनापानीका कारण किसानहरू गम्भीर रूपमा प्रभावित भएका छन्। मुख्य खेतीपाती भित्र्याउने संवेदनशील समयमा आएको यस प्राकृतिक विपत्तिले अन्नबाली, तरकारी तथा फलफूल खेतीमा ठूलो क्षति पुगेको किसानहरूले बताएका छन्।

दुई दिनदेखिको लगातार वर्षा र असिनाले खेतबारीमा लगाइएको गहुँ, मकै, दलहन तथा तरकारी बाली ढलेका छन् भने पाक्न लागेको बालीमा समेत क्षति पुगेको छ। हावाहुरी र असिनाका कारण बोटबिरुवा भाँचिनुका साथै फलफूल झर्ने समस्या बढेको छ, जसले किसानको वर्षभरिको मेहनत खेर जाने चिन्ता थपिएको छ।

ग्रामीण भेगका किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन्। बेमौसमी वर्षा, तीव्र हावाहुरी तथा असिनाको संयुक्त प्रभावले उत्पादनमा ठूलो गिरावट आउने आँकलन गरिएको छ।

मौसम पूर्वानुमानअनुसार बेमौसमी वर्षा, हावाहुरी र असिनाको प्रभाव अझै केही दिन कायम रहन सक्ने भएकाले किसानहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0