सावन २१ गते
रौतहटको गुजरा नगरपालिका वडा नं ३ जंगलसहियाका निरज साह कानुको श्रीमती रित्ता देबी साह घाटीमा पासो लगाई आत्महत्या गरेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार रित्ता देबीको शब पोस्टमार्टम गर्न प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

घटनाको बिषयमा मृतकका बुबा छोटेलाल साहका अनुसार मेरो छोरीलाई उसको ससुरा काशी साह र ननद आशा साह र ननदको श्रीमान मंजय साह कानु मिली हत्या गरी अहिले आत्महत्याको रुप दिन खोजेको आरोप लगाएका छन्। घटनाको छानबिन गरि दोषीलाई कडा कारबाही गर्न मृतकको बुबा छोटेलाल साहले स्थानीय प्रशासनसँग माग समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0