रौतहट, २० भदौं ।
जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखमा कार्यभार सम्हाल्नु भएका महेन्द्रकुमार श्रष्ठले रौतहटका संचारकर्मी संग साक्षातकार गरेका छन् ।
शान्ति, सुरक्षा, सुरक्षणमको मुललाई अंगिकार गरेर यहाँको नकारात्मक पक्षलाई निर्मुल पार्दै जिल्लाबासीलाई शान्ति र अमन चैनको वातावारण बनाउने प्रयासमा सबैको सकारात्मक सहयोगको अपेक्षा एसपी श्रेष्ठले गरे । संचारकर्मीहरुको प्रश्नको जवाफमा आफूले भ्याए सम्मको कार्य गर्ने, यहाँका कमिकमजोरीलाई निस्तेज बनाउने, सकारात्क कार्यलाई सधै प्राथिमकता दिइने, सिमाबाट हुने चोरी तस्करी लगायतका विभिन्न अवाञ्छित क्रियाकलापलाई निरुत्साहित पार्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

जिल्लामा यदाकदा देखिने अपराधका घटना हुन नदिन मातहतका युनिटहरुलाई सक्रिय बनाउने, मुस्कान सहितको यस कार्यालयबाट प्रदत गरिने सेवाहरु प्रवाह गर्ने स्पष्ट पार्दै अपराध सहित समाजमा हुने विभिन्न खाले विकृति विसंगतिलाई निर्मूल पार्न संचारक्षेत्रको भुमिका महत्वपूर्ण रहने भएको हँुदा समयमै प्रहरीलाई सहयोग एवं सुचित गराउन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0