काठमाडौं, २० भदौं ।
नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथि संघिय राजधानी काठमाडौंमा साँघातिक आक्रमण भएको छ ।

काठमाडौंमा रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा नुवाकोट जिल्ला विदुर नगरपालिका तप्चे घर भई बालाजुको प्युटारमा बस्दै आएका श्यामबहादुर सापकोटाले सहमहामन्त्री यादव माथि खुकुरीले आज दिउसो साँघातिक हमला गरेको हो ।
खुकुरी प्रहार गर्ने सापकोटालाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए । सह महामन्त्री यादवको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।

यसैबीच नेपाल काँग्रेस मधेश प्रदेश जनकपुरधामका मुख्य सचिव सन्तुप्रसाद यादवले एक प्रेस वत्तव्य जारी गर्दै सहमहामन्त्री यादव माथि साँघातिक हमलाको कडा शब्दमा निन्दा गर्दै घाइते यादवको शिघ्र स्वास्थ्य लाभको कामन गरे ।
संघिय राजधानी काठमाडौंमा दिउसै जिम्मेवार नेतामाथि धारिलो हतियारले आक्रमण हुँदा सिंगो राजधानीको सुरक्षा व्यवस्था माथि प्रश्न चिन्ह खडा भएको भन्दै घटनमा संलग्न दोषिलाई राज्यको प्रदत कानुन बमोजिम कारवाही गर्न नेपाल सरकार संग जोडदार रुपमा माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0