मौलापुर (रौतहट), १० असार ।
नगरवासीलाई उच्चतम सुविधा सहित स्थानीय सरकारद्धारा सिंहदरवारको अनुभुती गराउदै मौलापुर नगरपालिकाले बार्षिक अधिवेशन सोमवार सम्पन्न गरेका छन् ।
नगरपालिकाको सभाकक्षमा आयोजित “फ्रि विजुली, फ्रि पानी तथा शुन्य कर नीतिको निरन्तरता” दिदै मौलापुर नगरपालिकाले आर्थिक बर्ष २०८१–०८२ को लागि नीति तथा कार्यक्रम विभिन्न योजना सहित ३९ करोडको आयव्ययको घोषणा गरिएका हुन् ।

“उत्पादनमा वृद्धि, मौलापुरको समृद्धि” नारा सहित आज सम्पन्न भएको खुला शत्रमा उपमेयर गौरीशंकर प्रसाद यादवले फ्रि विजुली, फ्रि पानी तथा शुन्य कर नीतिको निरन्तरता दिदै मौलापुर नगरपालिकालाई सुखि समृद्ध बनाउने कार्यमा सधै नगरवासीको इच्छा अकाक्षा माथि खरो उत्रिने अति मत्वाकाँक्षी योजनाहरु अगामी बर्षको लागि प्रस्तुत गरे ।
आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं रौतहट क्षेत्र नम्वर ३ का संघिय साँसद प्रभु साहको प्रमुख आतिथ्यमा उक्त नगरसभामा प्रस्तुत बजेटले विभिन्न लोकप्रिय कार्यक्रमहरु घोषणा गरियो ।

मौलापुरले लिएको “शुन्य कर नीति” अति नै सराहनिय रहेको छ । “बिजुली– पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरी सँग मेयर कार्यक्रम, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरुले मौलापुरको गौरव बढ़ाएको छ ।
नगरको गृहिणीहरुलाई धुँवा मुक्त चूल्हों अभियान गरी कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाड़ी बढ़ाउने घोषणा गरियो । यसरी प्रत्यक्ष रुपमा जनता केन्द्रित बजेट ल्याएकोमा मौलापुर नगरपालिकाको सर्वत्र सराहना एवं चर्चा भईरहेको छ । देशका विभिन्न स्थानीय तहमा बजेटका विषयमा जनप्रतिनिधिहरु बीच विवाद भइरहेको बेला मौलापुरले भने सर्वसम्मत ढंगले नगरसभा सम्पन्न गरेकोमा नगरप्रमुख रिनाकुमारी साहलाई जनताहरुले बिशेष धन्यवाद दिए ।

नगरअधिवेशनको मेयर रिनाकुमारी साहले सभापतित्व गरेका थिए भने कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गरेको थियो । सो कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादव, अजपा नेता त्रिभुवन साह सहित विभिन्न पार्टीका प्रतिनिधिहरु, कार्य समितिका सदस्यहरु संचारकर्मीहरुको उपस्थिति रहेको नगरपालिकाको कर्मचारी राधेकृष्ण मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0