रौतहट, १६ मंसिर । रौतहटको यमुनामाई गाउँपालिका ४ स्थित गौर-चपुर सडक खण्डमा आज बिहान करिब ८ः३० बजे तीन सवारी एकैस्थानमा आपसमा ठोक्किँदा सातजना घाइते भएका छन्। तेस्रो सवारीलाई समेत उछिन्न पुगेको उक्त दुर्घटना स्थानीय बासिन्दाले ठूलो आवाजसँगै सडकछेउमा रहेका संरचनामा समेत क्षति पुगेको बताए।

बडहर्वातर्फबाट तीव्रगतिमा आउँदै गरेको भारतीय नम्बर प्लेट HR 28 D 7222 को स्कार्पियोले चपुरबाट गौरतर्फ जाँदै गरेको BR 07 PA 7584 नम्बरको स्कार्पियोलाई ठक्कर दिँदै त्यहीँ रोकिराखेको ना.२ह ६५२५ अटोमा समेत गम्भीर क्षति पुग्नेगरी ठोक्किएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाको प्रभावले सडकछेउमै रहेको विजय साहको होटलको संरचना र सामग्रीमा समेत क्षति पुगेको बताइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घाइतेहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा उपचारका लागि पु¥याएको थियो। सबै घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्। तीनवटै सवारी साधन प्रहरी नियन्त्रणमा लिनुका साथै दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

HR 28 D 7222 स्कार्पियो पवन यादव, ३० वर्ष, बारा आदर्श कोतवाल ७ टाउको तथा दुवै खुट्टामा चोट, अंकित महतो, ११ वर्ष, सर्लाही बरहथवा १४ अनुहारमा चोट लागेको छ भने त्यस्तै BR 07 PA 7584 स्कार्पियो सुरेन्द्र कुमार साह, २४ वर्ष, गौर २ दाहिने खुट्टामा चोट, शिवजी साह, ५० वर्ष, राजदेवी ८ ढाडमा चोट, रामदयाल साह, ५२ वर्ष टाउकोमा चोट, अवस्था सामान्य रहेको छ ।

ना.२ह ६५२५ अटो मंगल पटेल, ३९ वर्ष, यमुनामाई ५ शरीरमा चोट, तारिक ओस्ता, १० वर्ष, राजपुर ३ बायाँ खुट्टामा चोट लागेको छ ।

प्रहरीका अनुसार तीन सवारी बिचको ठक्कर तीव्र गति र ओभरटेक गर्ने प्रयासका कारण हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि सबै पक्षबाट आवश्यक विवरण संकलन गरी विस्तृत अनुसन्धान अघि बढाइएकाले वास्तविक कारण थप सार्वजनिक गरिने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0