​राजपुर, रौतहट।
​राजपुर नगरपालिकाले नवनिर्मित प्रशासकीय भवनको भव्य उद्घाटन आज एक विशेष समारोहका साथ सम्पन्न गरेको छ। नगर प्रमुख डा. मो. राजिक आलम ज्यू द्वारा रिबन काटेर र शिलालेख अनावरण गरी भवनको औपचारिक रूपमा उद्घाटन गरिएको हो।

​सो उद्घाटन समारोहका प्रमुख अतिथि आफै नगर प्रमुख डा. मो. राजिक रहेको र बिशिस्ट अतिथिको रूपमा जिल्ला प्रशासन कार्यालय रौतहटका जिल्ला प्रमुख दिनेश सागर भुसाल ज्यू लगायत कार्यक्रमका अध्यक्षता उपनगर प्रमुख जमिला असगरीले गर्नुभएको थियो।

​कार्यक्रममा जनप्रतिनिधिहरू, नगरपालिकाका कर्मचारीहरू, स्थानीय अगुवाहरू तथा नगरिकहरूको बाक्लो सहभागिता रहेको थियो। उपस्थित सबैले नगरपालिकाको इतिहासमा यो भवन निर्माण एक महत्त्वपूर्ण उपलब्धि भएकोमा खुसी व्यक्त गरेका थिए।

​उद्घाटनपश्चात् बोल्दै नगर प्रमुख डा. मो. राजिक आलम ज्यूले नयाँ भवन सञ्चालनमा आएसँगै नगरपालिकाको सेवा प्रवाह थप सहज, प्रभावकारी र नागरिकमैत्री हुने विश्वास व्यक्त गर्नुभयो। “अब नगरवासीहरूले आधुनिक र व्यवस्थित वातावरणमा एकै स्थानबाट सबै प्रशासनिक सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ,” उहाँले भन्नुभयो।

५ करोड ७२ लाख रुपैयाँको लागतमा नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न भएको जानकारी नगरपालिकाका लेखा अधिकृत मनोज कर्णले दिए।

​प्रमुख अतिथि जिल्ला प्रमुख दिनेश सागर भुसालले पनि भवनको निर्माणले नगरको प्रशासनिक क्षमता बढाउनुका साथै सुशासन कायम गर्न मद्दत पुग्नेमा जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0